Section 44C
वित्तीय संस्था वा बैकिङ उपकरण मार्फत कारोबार गर्नु पर्ने
(१) नेपाल सरकारले राष्ट्र बैंकको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मूल्य वा सो भन्दा बढीको कुनै सेवा वा वस्तुको खरीद बिक्री तथा अन्य कारोबार वित्तीय संस्था वा बैकिङ उपकरण मार्फत मात्र गर्नु पर्ने व्यवस्था गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिमको सूचनामा उल्लिखित वस्तु वा सेवाको खरीद बिक्री तथा अन्य कारोबार नगदमा नगरी वित्तीय संस्था वा बैंकिङ उपकरण मार्फत गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।